मोटरसाइकल र ट्रिपर ठक्कर खाँदा एक जनाको मृत्यु

तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–४ रामकोटमा मोटरसाइकल र ट्रिपर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरी चौकी घिरिङका अनुसार मंगलबार दिउँसा घिरिङ गाउँपालिका–४ रामकोटस्थित डेडगाउँ–भिमाद भित्री सडक खण्डमा डेडगाउँबाट भिमाद तर्फ आउँदै गरेको लु ५२ प १५२ नं. को मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको लु १ क ३९५४ नं. को टिप्पर एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनमा मोटर साइकल सवार तनहुँको भिमाद–३ माझकोट घर भाई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्ध बहादुर चन्द गम्भिर घाइते भई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी घिरिङले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker