सरकार सञ्चारमाध्यमप्रति अनुदार बनेको भन्दै सामुहिक गिरफ्तारीको माग गरी पत्रकारहरुको धर्ना

तनहुँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नेपाल पत्रकार महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारा लगाउँदै पत्रकारहरूले प्रशासन कार्यालय परिसरमा धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित कार्यक्रममा महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले वर्तमान सरकार सञ्चारमाध्यमप्रति अनुदार बन्दै गएको आरोप लगाए । सञ्चारमाध्यमकै कार्यालयमा पुगेर पत्रकारमाथि धरपकड गरिँदासमेत संलग्न दोषीमाथि कारबाही हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारमाथि हुने धरपकड र दमन तत्काल रोक्न सरकारसँग माग गरे । पत्रकारले निर्भीक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले महासंघले अघि सारेका माग सम्बोधन गर्न पनि आग्रह गरे ।

पत्रकारको सुरक्षा, सञ्चारमाध्यमको स्वतन्त्रता र नागरिकको अभिव्यक्ति अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले धर्ना कार्यक्रम गरिएको महासंघले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker