रुपान्तरणको निमित्त सिक्नेको लागि सिकौं नागरिक सहभागीता

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका-५ स्थित महेश संकृत गुरुकुलमा मंगलबार युनेस्को शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोग तथा सचिवलयले देवघाट गाउँपालिका शिक्षा शाखाको समन्वयमा रुपान्तरणको निमित्त सिक्नेको लागि सिकौं नागरिक सहभागीता कार्यक्रम गरेको छ । कार्यक्रममा युनेस्को सचिवलयका डा. बाबुराम अधिकारीले युनेस्कोको परिचय, महोत्व र उद्देश्यको बिषयमा सहजिकरण गर्दै ज्येष्ठ नागरिकहरुको क्षेत्रमा भए गरेका कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

डा. अधिकारीले ज्येष्ठ नागरिकहरुलाई अन्तरक्रिया, सेमिनार जस्ता कार्यक्रमहरुमा पनि सहभागिता गर्राई उनिहरुलाई पनि आफ्नो बिचार राख्ने र अनुभव सुनाउने अवसर दिंदा समुदायमा पुस्तान्तरण हुने बताए ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले ज्येष्ठ नागरिकमा रहेका ज्ञान शिप र अनुभवहरुको महत्व, यसको उपयोग आवश्यक निती बनाई समुदाय स्तरमा भावनात्मक रुपमा पुस्तान्तरण गर्नुपर्ने बताए ।

महेश संस्कृत गुरुकुलका प्राचार्य फडिन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका वडा सदस्य भोजराज नैनावस्ति, टुकनाथ अधिकारी, देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भाराती, महेश संस्कृत गुरुकुलका डा. गुरु प्रसाद सुवेदी, देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, बसन्तपुर टोल बिकास संस्थाका अध्यक्ष दिलमाया सापकोटा, युनेस्कोका उषा पोख्रेल लगायतले कार्यक्रमको प्रभावकारिताका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker