तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली : तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु दुई लाख सहयोग गरेको छ ।

रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु दुई लाख सहयोग गरेको हो ।

समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिनुभयो ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker