एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता पौडेल

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन् । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा स्व. विक्रम परियारको अर्धकदको शालिक शनिबार अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनको आरोप छ । गरिबीपनले हिंसा र आतंकजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उनले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताए । पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताए ।

कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराइले कम्युनिष्ट घटकहरूले एमसिसी माग गरेर पूर्णता दिने अवस्थामा भागेको आरोप लगाए । अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक संकटमा धकेल्ने षड्यन्त्र भएको उनले बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेकांबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । व्यास नगरपालिकाको ११ लाख एक हजार २५० रुपैयाँको लागतमा स्व परियारको अर्धकदको शालिक निर्माण गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker