सेती नदिएमा भेटिएको शवको पहिचान हुन सकेन
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,” उहाँले भन्नुभयो, “पाँच फिट जति उचाइ छ ।” रासस










