प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार भट्टराइ र बास्तोलालाई

भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार प्रकाशचन्द्र भट्टराइ र बसन्ती बास्तोलालाई प्रदान गरिने भएको छ । शाखाको आइतबार बसेको बैठकले प्रेस चौतारीका केन्द्रीय सदस्य भट्टराइ र अग्रज पत्रकार बास्तोलालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

विविध कारणले नियमित हुन नसकेकाले यस पटक दुवै जनालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको शाखाका अध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशी रु दश हजार रहेको छ । शाखाको पुस २८ गते आयोजना हुने जिल्ला अधिवेशनको अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

शाखाको अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, सचिव कृष्ण न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य समुन्द्र पौडेलको संयोजकत्वमा सम्मान समिति, सदस्य सुनिता आचार्यको संयोजकत्वमा अतिथि सत्कार समिति र सम्झना रसाइलीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले प्रेस चौतारी नेपालको केन्द्रीय समितिमा मनोनित हुनुभएका नारायण खड्का र समुन्द्र पौडेललाई बधाई ज्ञापन गर्नुका साथै उपाध्यक्ष राजकुमार श्रेष्ठको पिताको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker