सत्यसाइ सहकारीको १५औं वार्षिक साधारण सभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजार स्थित सत्यसाइ बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रम संस्थाको पहिलो बाल सदस्य सुदिना मिश्रले उद्घाटन गरेका थिए ।
सहकारीले संस्थाका उत्कृष्ट ७ जनालाई सम्मान गरेको छ । संस्थाले राम कुमार श्रेष्ठ, मंगला आले, राज कुमार कुसुले, शुषा अर्याल, यम कुमारी तामाङ्ग, संंगिता जैसी र चन्द्र माया गुरुङ्गलाई सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत सदस्यका छोराछोरीहरुबाट यस बर्ष संचालन भएको एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र तर्फ एरोज धिताल र छात्रा तर्फ पुष्पा तामाङ्गलाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेको संस्थाका ब्यवस्थापक अमृत बस्नेतले जानकारी गराए ।
यस्तै, संस्थाका कोषाध्यक्ष दिल कुमार श्रेष्ठले १३ करोड रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका शिक्षा उपसमिति संयोजक नेक महमद मियाले स्वागत, पूर्व अध्यक्ष तथा सल्लाहकार सदस्य राज कुमार श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन, लेखा संयोजक सुजन श्रेष्ठ, ऋण संयोजक हरिराज न्यौपानेबाट आ-आफ्नो प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा ऋण उपसमिति सदस्य हेमलाल भि.के, सदस्य मञ्जु जोशी प्रधान र विष्णु माया डल्लाकोटी लगायतले संस्थाले सदस्यलाई दिएको सेवा र सम्मानको प्रसंसा गरेका थिए।










