“तनहुँमा रासायनिक मलको अभाव छैन”

तनहुँका किसानलाई यस वर्ष रासायनिक मल अभाव झेल्नुनपर्ने भएको छ । भण्डारणमा पर्याप्त रासायनिक मल मौज्दात भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको छ । जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ ।

कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले बताए । उनका अनुसार जिल्लामा माग भएअनुरुप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताए।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनी बीच भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डिएपी मल एकसाथ वितरण गरिने उनले बताए । ‘कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले जिल्लामा मल अभाव हुने छैन’ उनले भने, ‘अहिले पनि डिएपी मल पठाइरहेका छौँ, १५ गतेबाट युरिया र डिएपी दुवै मल बिक्री वितरण हुन्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई १५० टन युरिया र दुइ सय टन डिएपी र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डिएपी वितरण हुने प्रमुख शर्माले बताए।

प्रमुख शर्माका अनुसार युरिया एक हजार ६५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ । तनहुँका लागि युरिया एक हजार १४०, डिएपी २९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डिएपी एक सय आठ टन र पोटास १७ टन माग छ ।

गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उनले बताए । गत वर्ष चार प्रकारका मल गरी एक हजार ४१८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी १४७ वितरण केन्द्र छन्।

कृषि ज्ञान केन्द्रले आवश्यकतानुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker