भानु-९ स्थित पुर्कोट कालिका क्याम्पसलाई श्रममन्त्रीको तलबभत्ता

भञ्ज्याङ समाचारदाता/दमौली

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु-९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् । तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ता वापतको ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन ।

उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्ता मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ । मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूह लगायत सामाजिक संस्थालाई तलबभत्ता वापतको रकम सहयोग गर्दै आएका छन् । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।

यसैबीच मन्त्री श्रेष्ठले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाइ आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker