जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी गरिएको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकामा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभागृह अपांगतामैत्री बनाउनुपर्ने माग सहित आन्दोलित अपांगता अधिकारकर्मीले सोमबार जिल्ला समन्वय समितिमा तालाबन्दी गरेका हुन् ।

पहुँचयुक्त जिल्ला सभागृह हल निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष समितिका संयोजक मदन पौडेलको नेतृत्वमा समन्वय समितिको मुख्य भवन र समन्वय अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

भदौ १ गतेदेखि सुरु आन्दोलनको कार्यक्रम अनुसार जिल्ला समन्वय समितिमा तालाबन्दी गरिएको पौडेलले बताए । सभागृह अपांगतामैत्री नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । समितिले गत साउन १० गते जिल्ला समन्वय समितिलाई सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तत्पश्चात सकेसम्म सहमतिबाट निकास निकाल्नका लागि सस्थाको तर्फबाट सरकारी पक्षसँग अनौपचारिक छलफल गर्ने काम समेत भयो तर आलटाल गर्ने काम मात्र भएको पौडेलको आरोप छ ।

संस्थाको अनुरोध पश्चात राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले मिति साउन २१ गते अपाङ्गता अधिकारकर्मीहरुको प्रत्यक्ष अवलोकनमा उक्त हलको पहुँचयुक्तता परीक्षण गरेको थियो। उक्त पहुँचयुक्तता परीक्षणबाट देखिएका विषयहरूलाई १४ बुँदे सुझाव मार्फत् सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएपनि सरकारी पक्ष कानमा तेल हालेर बसेको पौडेलको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker