होलीमा जबरजस्ती रङ दल्ने कार्य नगर्न जिप्रका तनहुँको अनुरोध

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले होली पर्वमा जबरजस्ती रङ दल्ने कार्य नगर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै कसैको इच्छा विपरित जथाभावी रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउन जस्ता कार्य नगर्न अनुरोध गरेको हो ।
रङको माध्यमबाट एक आपसमा खुसी साटासाट गर्ने पर्वलाई मर्यादित र सभ्य रुपमा मनाउन आग्रह गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकरात्मक असर पर्ने जस्ता अराजक गतिविधि नगर्न सचेत गराएको छ ।











