तनहुँमा बमन थेरापी प्रभावकारी बन्दै

तनहुँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ ।

शरीरभित्र कफदोषको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने र यस्ता बिरामीलाई सो पद्धतिबाट उपचार गरिने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डलले थेरापीबाट शरीरभित्र जमेका कफदोषलाई निकालेर बिरामीलाई सञ्चो बनाइने जानकारी दिनुभयो ।

सुरुमा जेठीमधु, मह, नुन मिसाएर बनाएको मनतातो पानी बिरामीलाई खाली पेटमा रुचुन्जेल पिउन लगाइन्छ । उहाँले भन्नुभयो, “बिरामीले उक्त पानी पिएको केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकाली सञ्चो बनाइदिन्छ ।”

यसरी बमन हुँदा शरीरभित्र रहेका कफदोष निकाली श्वासप्रश्वासमा सहज र शरीर पनि हल्का हुने जनाइएको छ । उक्त विधि हप्तामा एकपटक गराइने छ । उहाँले भन्नुभयो, “श्वासप्रश्वास समस्याका बिरामीका लागि बमन विधि अचूक उपचार बन्ने गरेको छ ।

यसैगरी नश्याकर्म विधिबाट नाकभित्र रहेका फोहरमैला बाहिर निकाल्ने कार्यको थालनी गरिएको छ । नाकमा षड्विन्दु तेल प्रयोग गरी मसाज गरेर नाकभित्र जमेर रहेका विकार सजिलै बाहिर निकालिने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा केन्द्रमा विभिन्न किसिमका जटिल प्रकृतिका बिरामीले सहजरूपमा र प्रभावकारी सेवा पाउन थालेपछि आयुर्वेदिक उपचारतर्फ मानिसको आर्कषण बढ्दै गएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रको आडमै दमौली अस्पताल रहे पनि स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, हाडजोर्नी, दम, ग्यास्ट्रिक, प्रसूतिलगायतका सेवा लिन सर्वसाधारणको भीड नै लाग्ने गरेको सो स्वास्थ्य केन्द्रले जनाएको छ ।

विसं २०७८ पुस मसान्तसम्म विभिन्न रोगका बिरामीले उपचार पाएका छन् । गत साउनदेखि हालसम्म गरी कूल चार हजार २६८ ले स्वास्थ्य सेवा लिएका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker