छाब्दी आधारभूत विद्यालयमा झोला वितरण

दमौली : तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको छ । स्थानीय अविनाश पन्थले व्यक्तिगत पहलमा उक्त विद्यालयका बालबालिकालाई झोला वितरण गरेका हुन् ।
उनले विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न विद्यार्थीलाई झोला वितरण गरेको बताइएको छ। पन्थले सामाजिक अभियान सञ्चालन गर्दै आएका छन् ।
सामाजिक कार्यमा सक्रिय उनले पछिल्लो समय विभिन्न अभियान मार्फत समुदायलाई सहयोग पु¥याउने कार्य गरेको उनले बताए ।










