बन्दिपुरको कल्चोकमा दलित अधिकार तथा नेतृत्व विकास तालिम
भञ्ज्याङ न्यूज

‘गाउँटोलमा छ हाम्रो सरोकार, हरेक क्षेत्रमा दलित समुदायलाई विशेष अधिकार’ भन्ने नारा सहित दलित उत्थान विकास समाज बन्दिपुर-५ कल्चोक तनहुँले दलित अधिकार तथा नेतृत्व विकास सम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।
स्थानीय पूर्णबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष ध्रुबप्रसाद लामिछाने, वडासदस्य ठाकुरसिंह थापा, एमाले जिल्ला सदस्य काशीनाथ भट्टराइ, जलदेवी प्राविका प्रधानाध्यापक रामजी बहादुर खत्री, दलित अगुवा हरिबहादुर सुनार, अभियान्ता अर्जुन सुनार, सरस्वती आमा समूह बाचेगाउँकी अध्यक्ष बलीसरा थापा, प्रगगिशिल दलित आमा समूहकी अध्यक्ष बिमला विक, स्थानीय तामप्रसाद भट्ट, शर्मिला विक लगायतले दलित समुदायको हक अधिकारका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।
दलित समुदायको हक अधिकारको लागि भन्दै दलित उत्थान विकास समाज गठन गरिएको छ । भेलाले विमला विकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा पूर्णबहादुर विक, सचिब अमृता सुनार, सहसचिबमा चिजामाया सुनार, कोषध्यक्षमा साबित्री विक र सदस्यहरुमा लोकबहादुर विक, भिमबहादुर विक, इशवरी विक, राममाया नेपाली क, ज्योति सुनार, राममाया नेपाली ख चयन गरिएको छ ।










