तनहुँको व्यास नगरपालिका–१२ बेलघारीमा कुखुराको खोरभित्र कौडा खेल्ने १९ पक्राउ

तनहुँको व्यास नगरपालिका–१२ बेलघारीबाट तीन लाख नगदसहित १९ जुवाडे पक्राउ परेका छन् । स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा कौडा खेलिरहेका १९ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गणेश बयलकोटी, विनोद गुरुङ, शम्भु श्रेष्ठ, देवेन्द्र थापा, रुद्रबहादुर खत्री, गोविन्द न्यौपाने, कृष्ण सेढाईँ, दिनेश राना, कमल पन्त, राम पौडेल, राजेन्द्र पन्त, सागर आचार्य, विजय घिमिरे, किशोर श्रेष्ठ, सुकबहादुर थापा, तेजबहादुर राना, भीमसेन श्रेष्ठ, मीनबहादुर गुरुङ र पशुपति अर्याल छन् ।

प्रहरीले निजहरुको साथबाट नगद रु तीन लाख १० हजार ९९० बरामद गरेको छ । पक्राउ परेका विरुद्ध बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा मद्दामा म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker