आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन

दमौली : तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ । केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ भएको छ ।
समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्र सञ्चालनमा समस्या भएको हो ।
केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको छ । उनका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छन् ।
केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला सञ्चालनमा ल्याएको छ। निरीक्षक चापागाईँले भने, “न्यून शुल्कमा प्रयोगशाला परीक्षण गर्ने सुविधा भएपछि बिरामीको चाप बढ्दै गएको छ ।”
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उनको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।
“हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्,” उनले भने, “समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ ।” प्रदेशका स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण समस्या उत्पन्न भएको उनले बताए । उनले भने, “मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker