सञ्चारकर्मीहरुलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम सञ्चालन गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिमको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शुभारम्भ गरेका थिए ।

नगरप्रमुख त्रिपाठीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता र मोबाइल प्रविधिको सही प्रयोगले सूचना प्रवाहलाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने बताए। उनले भने, ‘स्थानीय तहका गतिविधि, विकास निर्माण र जनसरोकारका विषयलाई आम नागरिकसम्म पु¥याउन आधुनिक पत्रकारिता अपरिहार्य छ ।’

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्सालले डिजिटल युगमा पत्रकारहरूले नयाँ सीप हासिल नगरे सूचना क्षेत्रमा पछाडि पर्न सक्ने बताए । उनले राज्य र सञ्चार क्षेत्रबीचको सहकार्यबाट विश्वसनीय र तथ्यपरक सूचना प्रवाह सुदृढ हुने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारीले प्रदेश सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गरिन ।

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्मा, महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्षहरू प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी र ओमकार आचार्य लगायतले तालिमले जिल्लाका पत्रकारहरूलाई समयानुकूल सीप प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बुधबार र बिहीबार सञ्चालन हुने तालिममा जिल्लाभरका करिब ४० जना पत्रकारको सहभागिता रहेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । तालिममा प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गरेका छन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker