चैत्र १० देखि २० सम्म दमौलीमा आठौं तनहुँ महोत्सव गरिने
भञ्ज्याङ न्यूज
तनहुँ उद्योग वाणिज्य संघले यही चैत्र १० देखि २० गतेसम्म दमौलीमा आठौं तनहुँ महोत्सव गर्ने भएको छ । यस अघि पुस २२ गतेबाट गर्ने तयारी गरिएको महोत्सव कोरोना संक्रमण जोखिमकाका स्थगित गरिएको थियो ।
संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठका अनुसार कोभिड संकटका कारण स्थगित गरिएको महोत्सव चैत्र १० गतेबाट गर्ने निर्णय गरी आवश्यक तयारीमा जुटेको बताए ।
संघको मंगलबार बसेको कार्य समिति बैठकले अब महोत्सवको तयारी तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ ।
यस्तै, बैठकले आइतबार भएको आगलागीका कारण भूपाल हार्डवयर्स तथा ज्योति जनरल सप्लायर्सको क्षतिको उचित मूल्याङ्कन गर्दै क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको बताइएको छ ।










