तनहुँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाईने

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहुँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । तनहुँको शुक्ला गण्डकी नगरपालिका-२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उनले यस्तो आश्वासन दिएका हुन् । ‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो’ उनले भने, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’

‘यस्तो कामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको छ’, उनले भने, ‘स्पष्ट खाका सहितको योजना लिएर आउनुहोस्, यस क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।’ अवलोकनकै क्रममा मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिका पदाधिकारीहरूले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो व्यक्त गरे ।

मन्त्री थापासंगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अवलोकन गरेका थिए ।

त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका-२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे-१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker