तनहुँको आँवुखैरेनी-२मा आधारभूत स्वास्थ्य भवन निर्माण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

२०७६ कात्तिक ६ गतेबाट शुरु भएको भवन २०७७ असोज २७ गतेमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए। एक हजार १५६ वर्गफिटमा फैलिएको भवन ५३ लाख ३८ हजार २९ रुपैयाँको लागतमा खरादेवी निर्माण सेवा भक्तपुरले निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

उक्त स्वास्थ्य केन्द्रमा एक एचए, एक अनमि र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । विस्तारै जनशक्ति थपिने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रूपमा प्राप्त हुनेछ ।

उक्त स्वास्थ्य केन्द्रको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्दै स्वास्थ्य केन्द्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले कोभिड खोपको बारेमा अफवाह फैलाउने काम भएको भन्दै गलत प्रचारले स्वास्थ्यकर्मीमाथि नकारात्मक असर परेको बताउँदै खोप सुरक्षित भएको र गलत भ्रमको पछाडि नलाग्न आग्रह गरे।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडा वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह गरेका छन् । गाउँपालिकाले वडा नं. १ मा ५४ लाख रुपैयाँको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको छ भने वडा नं. ४ मा भवन निर्माणका लागि बोलपत्र सम्झौता गरिसकेको छ ।

गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई समेत तीव्रता दिएको छ । जसबमोजिम वडा नं. १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा एकिन गरिएको छ भने वडा नं ६ को विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

वडा नं. १ को भवन ७४ लाख ४२ हजार ७०० रुपैयाँको लागतमा सम्पन्न भएको छ । वडा नं. ४ को भवन ५२ लाख ४२ हजार रुपैयाँको लागतमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यस्तै, वडा नं. ५ को भवन ५३ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ । वडा नं. ६ का लागि ७० लाख रुपैयाँ लागत अनुमानित गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker