भरुवा बन्दुकले हानेर तनहुँ मानुङमा श्रीमानले गरे श्रीमतीको हत्या

भञ्ज्याङन्यूज

तनहुँमा भरुवा बन्दुकले हानेर एक महिलाको हत्या भएको छ । व्यास नगरपालिका ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले आफ्नै  ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

गए राति करिव  ११ बजेको समयमा भरुवा बन्दुकले हान्दा गम्भीर घाइते भएकी  गीताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले हत्याको आरोपमा मृतकका श्रीमान श्रीप्रसादलाई गए राति नै नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण घटना घटेको  खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप  अनुसन्धान थालेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker