तनहुँ अदालतमा पल शाहविरुद्धको मुद्दा दर्ता, थुनछेकको वयान आजैबाट हुने

भञ्ज्याङ न्यूज

तनहुँ जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्धको मुद्दा दर्ता भएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै उजुरी गरेपछि चर्चित अभिनेता समेत रहेका शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर राय सहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले शाह विरुद्ध कैद सजाय माग सहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

पीडित १६ वर्ष कम भएका कारण शाह विरुद्ध १० देखि १२ वर्षसम्म कैद तथा मनासिव क्षतिपूर्तिको मागदावी सहित मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधीवक्ता शर्माले जानकारी गराए ।

यस्तै, शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध सो सजायको आधा सजाय माग गरिएको छ । जोशीलाई मतियारका रुपमा शाहको भन्दा आधा सजाय मागदावी गरिएको शर्माले बताएका छन् ।

तनहुँमा गत फागुन ११ गते नाबालिगकले शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । सोही दिन प्रहरीले शाह विरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।

अभिनेता शाह विरुद्धको अभियोग अदालतमा दर्ता भइसकेको र आजबाटै थुनछेकको बयान समेत सुरु हुने शाहका वकिल भानु सुवेदीले बताए ।

तनहुँमा अभिनेता शाहको तर्फबाट नेपाल वार एशोसिएशन तनहुँका अध्यक्ष समेत रहेका अधिवक्ता भानु सुवेदी र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गर्ने भएका छन् ।

यस्तै, शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुइ ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वीनवलपरासीको मुद्दाको प्रकृया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको यहाँ बयान हुने छ । त्यसपछि थुनछेकको बहसपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रकृया अगाडि बढ्न सक्ने बताइएको छ । पूर्वीनवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker