जनज्योति क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति भिमाद नगरपालिकामा अवस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागि ‘विज्ञान र प्रविधिमा विद्यार्थीको पहुँच’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

भिमाद नगरपालिकामा रहेका १३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयका छात्र आदित थापा प्रथम, बुचाखानी माध्यमिक विद्यालयका छात्रा मनु थापा द्धितीय र भीम मेमोरियल आवासीय माध्यमिक विद्यालका छात्रा रितु वि.क. तृतीय हुन सफल भएका छन् । वक्तृत्वकला प्रतियोगितामा निर्णायक मण्डल संयोजक दीपक भट्टराइ, सदस्यहरु जनक राज श्रेष्ठ र ऋषिभक्त वाग्ले रहेका थिए ।

यस्तै, जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशव राज काफ्लेको अध्यक्षतामा आयोजित प्रतियोगितामा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्यहरू रमेशचन्द्र सुवेदी, वडा नं ३ का वडाध्यक्ष एवं सञ्चालक समिति सदस्य पदम राज सेन, वडा नं ५ का वडाध्यक्ष पदम बहादुर थापा, वडा नं ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, प्रधानाध्यापकको तर्फबाट धर्म माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण राज भण्डारी लगायतले अहिलेको युग सापेक्ष हरेकले विज्ञान र प्रविधिसंग जोडिनु पर्ने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker