आँवुखैरेनीमा अनुगमन : सडेगलेको मासु र म्याद नाघेका दाना बरामद

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा सरोकारवाला निकायका टोली मंगलबार आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजारमा अनुगमन गरेको छ । अनुगमन टोलीले बजार क्षेत्रका र्फेस हाउस, दाना पसल, मिनी मार्ट तथा भेटेरिनरी पसलको अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वको टोलीले अनुगमनका क्रममा मनकामना दाना पसलबाट सडे गलेर कुहिएको अवस्थामा रहेको ३१ किलो ब्रोइलर कुखुराको मासु र म्याद नाघेको ३४ किलो कुखुरालाई खुवाउने दाना बरामद गरेको छ ।

बरामद गरिएको सडेगलेको मासु र म्याद नाघेको कुखुराको दाना तत्काललै खाडल खनी नष्ट गरिएको छ । यस्तै न्यु श्रेष्ठ मिनी मार्टबाट केही सामान स्याम्पलको लागि नियन्त्रणमा लिइएको र एमआरपि मूल्य भन्दा प्रिन्टेट मुल्य बढि राखेर सामान बिक्रीवितरण गरिएको पाईएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी बराल, वरिष्ठ पशु चिकित्सक अधिकृत डा. बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष पूर्ण बहादुर आले, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशन्न पोखरेल, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी सहायक निरीक्षक रबि थापा, भेटेरिनरी अस्पतालका प्रतिनिधि डिल्लीराम पोखरेल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा मनोज रेग्मी लगायतको टोली बजार अनुगमनमा खट्टएिको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker