तनहुँ क्षेत्र–१ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी २३ मतान्तरले विजयी

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी भएका छन् ।
क्षेत्रीय सभापति पदका लागि भएको निर्वाचनमा त्रिपाठीले ३८६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले ३६३ मत प्राप्त गरे । यस्तै, सूर्यचन्द्र हड्खलेले २५६ मत प्राप्त गरेका छन् ।
त्रिपाठीले खनाललाई २३ मतको अन्तरले पराजित गरेका छन् ।










