आठौं तनहुँ महोत्सव : प्रकाश सपुतले दर्शक नचाए, आज छेवाङ्ग लामाको प्रस्तुती रहने

भञ्ज्याङ समाचारदाता/दमौली

आठौ तनहुँ महोत्सव दमौलीमा जारी छ । महोत्सवको आठौं दिन चर्चित कलाकार प्रकाश सपुतले आफ्ना सांगितिक प्रस्तुती गरी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । पछिल्लो समय पीर गीतले ख्याती कमाएका कलाकार सपुतको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कलाकार सपुतले महोत्वसमा सांगितक प्रस्तुती दिंदा महोत्सवमा आएका युवायुवती, वृद्धवृद्धा छमछमी नाचेर मनोरञ्जन लिइएको कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले बताए । त्यस्तै, विहीबार कलाकार अस्मिता अधिकारी तथा स्थानीय कलाकारहरुले पनि आ-आफ्ना सांगितक प्रस्तुती दिएका थिए ।

महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण बिहीबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवमा बिहीबार साँझ सबिन र्राई र द पारोहको लाइभ कन्सर्ट प्रस्तुत गरिएको थियो । महोत्सवको नवौं दिन शुक्रबार गायक छेवाङ्ग लामाको सांगितक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मादीसेती नदीमा मोटरबोट परीक्षण सफल

आठौँ तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ । पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो । मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक र्राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको बताए । डोजर लगाएर उक्त भागको नदीमा रहेका ढुङ्गाहरू हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो ।

मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरू हौसिएका छन् । मोटरबोटको सफल आरोहण भएसँगै उक्त नदीमा निरन्तर रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ । आठौँ तनहुँ महोत्सवमा मोटरबोटको आकर्षण बढेको महोत्सवका संयोजक पवीन्द्रकुमार श्रेष्ठले बताए ।

व्यास नगरपालिकासँग समन्वय गरी मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणगढबाट मोटरबोट ल्याएका लेखनाथ पौडेलले बताए । उनले भने, ‘नारायणी नदीमा जस्तै गरी मादी र सेतीमा पनि मोटरबोट सञ्चालन गर्ने तयारीमा हामी छौं । छिट्टै सम्बन्धित निकायहरूबाट स्वीकृत लिएर मोटरबोट सञ्चालन गराइने योजना रहेको छ ।’

महोत्सवका बेला मोटरबोट चढ्नका लागि प्रतिव्यक्ति रु २५० लिइँदै आएकामा घटाएर १५० पुर्‍याइएको छ । दर्शकको मागलाई ध्यानमा राखी मोटरबोटको शुल्क घटाइएको तनहुँ उद्योग वाणिय संघका महासचिव सुबोध अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker