किहुँ प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

भिमाद : तनहुँको भिमाद नगरपालिका–१ किहुँस्थित प्रहरी चौकी किहुँको नवनिर्मित भवन बुधबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौताराका प्रमुख प्रहरी उपरीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक मनोज ढकाललगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, भिमाद नगरपालिका–१ का वडाध्यक्ष दीपक आले, वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठसहित स्थानीयको सहभागिता रहेको थियो ।

नवनिर्मित भवनबाट स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा तथा प्रहरी सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker