रैथाने बाली संरक्षणका लागि चन्द्रावतीमा बीउ बैंक स्थापना

  • डिपि अधिकारी (भानु)

तनहुँको भानु नगरपालिका-१३ चन्द्रावतीमा सामुदायिक बीउ बैंकको स्थापना गरिएको छ । हरियो वन कार्यक्रमको सहयोगमा भानु-१ को कल्याणटार स्थित परिवर्तनशील महिला सामुदायिक विकास समाजले स्थानीयलाई परिचालन गरी वीउ बैंकको स्थापना गरिएको हो । भानु नगरपालिका नगरप्रमुख उदयराज गौलीले बीउ बैंक कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गर्दै स्थानीय रैथाने बीउहरुलाई संरक्षणका लागि वीउ बैंक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘रैथाने बालिका वीउ संरषण तथा प्रवर्द्धनका लागि सबै सचेत हुनु पर्ने, हाईब्रिड बीउले कुनै न कुनै बेला धोका दिन सक्ने भन्दै सचेत रहन र बैकल्पिक बीउको ब्यवस्थापनमा जुट्नु पर्दछ ।’

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा थापा मगरले वीउ बैंक स्थापना गर्ने भन्दा पनि वीउ बैंकको महत्व बुझ्न जरुरी रहेको र निरन्तरतामा जोड दिन आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले किसानका लागि बीउ बैंकले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । समाजकी अध्यक्ष कान्छिमाया तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु-६ का वडाअध्यक्ष टिकाराम हड्खले, परियोजनाकी ब्यवस्थापक संयोजक मिलन भुजेल, कार्यक्रमका संयोजक चेतबहादुर थापा, सामुदायीक बीउ बैंकका अध्यक्ष पे्रमबहादुर अधिकारी, स्थानीय हरिप्रसाद ढकाल, विष्णुकुमारी श्रेष्ठ, द्रौपदी गुरुङ लगायतले बीउ बैंकको महत्वको बारेमा चर्चा गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker