क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

भञ्ज्याङ समाचारदाता/दमौली

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ बाट वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको उक्त साहित्यिक पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो ।

तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित एक कार्यक्रममा कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए बापत कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलिया र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी सात हजार रुपैयाँ रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शंकर परियार र २०७८ लोकगायिका आशा विसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ ।

पुरस्कृत स्रष्टाहरुलाई प्राज्ञ सरुभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायण प्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेशरी विमोचन गरिएको थियो ।

समालोचक महाप्रसाद हड्खले (महेश)ले यस महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराइले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker