सडक कालोपत्र समयमा सक्न भानु नगरपालिकाद्वारा निर्माण पक्षलाई अल्टिमेटम

डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्र गर्ने ठेक्का लिएको काश्यप निर्माण सेवा तथा सप्लायर्स प्रालिका संचालक नगरपालिकाको सम्पर्कमा आएका छन् । नगरपालिकाको गौरबको सडकको रुपमा लिईएको भानु जन्मस्थल मोटरमार्ग, कालिमाटी-मानेचौका-कुञ्छा मोटरमार्ग र रातामाटा-र्राईपाली भञ्ज्याङ मोटरमार्गको काश्यप निर्माण सेवा तथा सप्लायर्स प्रालिले गत वर्ष नै काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीका संचालक माधब घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य ब्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ति भएको स्वीकार गर्दै आउँदो मंगलबारबाट काम शुरु गरी चालू असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

समयमै काम नगरी अलपत्र छाडि सम्पर्कमा आउन नमाने पछि कालो सुचीमा पार्ने गरी नगरपालिकाले पत्रचार गरेपछि संचालक पत्र पाएको ६ घण्टामै पालिकामा उपस्थित भएका थिए । पालिकामा उपस्थित भएका घिमिरेले आगामि असार महिना भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।

सडक कालोपत्र गर्ने काम समयमै सम्पन्न गर्नु निर्माण कम्पनीको कर्तब्य भएकोमा पटक पटक मौखिक रुपमा अनुरोध गर्दा समेत अटेर गरी काम अलपत्र पारेपछि नगरपालिकाले पत्र पठाइ अल्टिमेटम दिएका थियो ।

निर्माण कम्पनीको लापरवाहीका कारण जनताले पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सास्ती बेहोर्नु परेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । उनले ठेक्का सम्झौता भैसकेको सडकमा निर्माण कम्पनीको चरम लापरबाही हुने गरेको र यस्ता गतिविधिका विरुद्ध नगरपालिकाले एक्शन लिने बताए ।

निर्माण कम्पनीले भानु जन्मस्थल मोटरमार्गको १ करोड ७७ लाख ४७ हजार ९७३ रुपैयाँ, कालिमाटी-मानेचौका-कुञ्छा मोटरमार्गको १ करोड १७ लाख ५५ हजार २५७ रुपैंया र रातामाटा-र्राईपाली भञ्ज्याङ मोटरमार्गको १ करोड ८३ लाख १५ हजार ३०२ रुपैयामा ठेक्का सम्झौता गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker