व्यास-४ स्थित तनहुँ कालिका मन्दिर क्षेत्रमा सरसफाई
भञ्ज्याङ समाचारदाता (दमौली)

व्यास-४ स्थित तनहुँ कालिका मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । व्यास युथ क्लवले शनिबार गरेको सरसफाईका क्रममा मन्दिर क्षेत्रबाट लागू पदार्थ प्रयोगकर्ताले फाल्ने सिरिन्ज भेटिएको जनाएका छन् । क्लबले मन्दिर परिसरको सफाई गर्ने क्रममा सिरिन्ज फालिएको अवस्थामा भेटिएको सचिव मनोज राउतले जानकारी दिए । ‘लागू औषध प्रयोगकर्ताको संख्या बढेको देखिएको छ’, उनले भने,’ प्रहरी प्रशासनको ध्यान जानु आवश्यक देखिएको छ ।’
क्लबका अध्यक्ष मीनबहादुर गुरुङ ‘चरीबाबा’को नेतृत्वमा गरिएको सरसफाइका क्रममा १२ बोरा फोहोर संकलन गरिएको थियो । जसमा अधिकांश सिरिन्ज र लागुऔषधको खोल भेटिएको क्लबका पदाधिकारीको भनाई छ । आगन्तुकले समेत फोहोर फाल्न राखिएको डस्टबिनको प्रयोग नगरेको पाइएको छ ।










