भानु-१ मा गणेशको मुर्ति प्रतिस्थापन
भञ्ज्याङ समाचारदाता/भानु

शिद्धी गणेश भगवनको मुर्ति प्रतिस्थापना गरिएको छ । भानु नगरपालिका-१ अमिलिपाटामा निर्माण गरिएको मन्दिरको मंगलबार उद्घाटन तथा मुर्ति प्रतिस्थापना गरी पूजाअर्चना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर श्रेष्ठले बताए ।
स्थानीय आमा समुह तथा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा संकलित करिब ६ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।










