सामुदायिक क्याम्पसमा अभिलेख व्यवस्थापन एकाइ स्थापना गर्न “रुम्सी समझदारी”

दमौली : सामुदायिक क्याम्पसहरूमा अभिलेख व्यवस्थापन प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको चार दिने ‘उच्च शैक्षिक संस्थाको अभिलेख व्यवस्थापन तालिम’ बिहीबार तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टेमा सम्पन्न गरिएको छ । तालिम समापनसँगै सहभागी आठ क्याम्पसबीच ‘रुम्सी समझदारी पत्र’मा हस्ताक्षर गर्दै आ–आफ्ना क्याम्पसमा अभिलेख व्यवस्थापन एकाइ स्थापना गर्ने प्रतिबद्धता जनाइएका छन् ।
आइक्युएसी प्रमुख बिमल गिरीको अध्यक्षतामा आयोजित उक्त तालिममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले अभिलेख संरक्षणले संस्थागत पारदर्शिता र दीर्घकालीन योजना निर्माणमा सघाउ पुग्ने बताएका थिए ।
राष्ट्रिय अभिलेखालयका पुस्तकालय अधिकृत बसन्त पन्तले अभिलेख व्यवस्थापनको महत्व, उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रशिक्षण दिँदै उच्च शिक्षण संस्थामा अभिलेखको वैज्ञानिक व्यवस्थापन अपरिहार्य भएको उल्लेख गरे ।
आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापनमा आठ क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त तालिम नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत राष्ट्रिय अभिलेखालय र विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिमका क्रममा राष्ट्रिय अभिलेखालयले गर्ने काम तथा सेवा, अभिलेखालय र पुस्तकालयबीचको समानता–भिन्नता, अभिलेख संकलन, वर्गीकरण र संरक्षण विधि, भौतिक संरचना र उपकरणको मापदण्डजस्ता विषयमा प्रशिक्षण दिइएको थियो। तेस्रो दिन अभिलेख व्यवस्थापन नीति, कार्यविधि, कार्ययोजना निर्माण, अभिलेख एकाइ स्थापना, कर्मचारीको कार्यविवरण तथा न्यूनतम साझा समझदारीका विषयमा छलफल गरिएको थियो। स्रोत व्यक्तिका रूपमा बसन्त पन्त, संरक्षण अधिकृत सुमी राई तथा क्याम्पस प्रमुखले सहजीकरण गरेका थिए ।
तालिममा तनहुँ, कास्की, गोरखा, लमजुङ, म्याग्दी, चितवन र मकवानपुरका आठ क्याम्पसबाट २८ जना क्याम्पस प्रमुख, सहायक प्रमुख, आइक्युएसी प्रमुख, प्रशासकीय तथा परीक्षा शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
तालिम समापन समारोह व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, कार्यक्रममा सहभागीहरूको तर्फबाट सप्तगण्डकी बहुमुखी क्याम्पस चितवनका प्रशासकीय अधिकृत तोयनाथ भट्टराई, राष्ट्रिय अभिलेखालयका अधिकृत बसन्त पन्त तथा रुम्सी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर थापाले तालिमको अनुभव साझा गगरेका थिए ।
रुम्सी समझदारी पत्रमा अभिलेख व्यवस्थापन कार्यविधि तयार गरी सञ्चालक समितिबाट पारित गर्ने, अभिलेख व्यवस्थापन समिति गठन गर्ने, अभिलेख एकाइ स्थापना र आवश्यक कर्मचारी व्वस्थापन गर्ने, वार्षिक कार्ययोजना तथा बजेट सुनिश्चित गर्ने, अभिलेख सामग्रीको सूची तयार गरी ‘अति गोप्य, गोप्य र सामान्य’ तीन वर्गमा वर्गीकरण गर्ने लगायत नौ बुँदामा सहमति जनाइएको छ।
सहभागीहरूले तालिममा सिकेका विषयलाई कार्यान्वयन गर्दै क्याम्पसहरूमा अभिलेख सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार सामुदायिक क्याम्पसहरूमा अभिलेख व्यवस्थापनलाई संस्थागत स्वरूप दिन यो तालिम मीलकोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker