रिस्ती घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न कांग्रेस तनहुँको माग (विज्ञप्ति सहित)

भञ्ज्याङ न्यूज

वैशाख ३० शुक्रबार भएको स्थानीय तह निर्वाचनका क्रममा तनहुँका विभिन्न मतदान केन्द्रमा भएको घटनालाई न्यायीक छानबीन गरी दोषीलाई कारवाही गर्न नेपाली कांग्रेस तनहुँले माग गरेको छ ।

नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले एक विज्ञप्ति जारी गर्दै व्यास नगरपालिका-८ रिस्तीमा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेको छन् । उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको न्यायीक छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले मतपत्र च्यात्ने क्रममा मतदान स्थलमा खटिएका सुरक्षाकर्मी र मतदाताले रोक्ने क्रममा भएको झडपका घटनाको विषयलाई कांग्रेस पार्टीसँग जोडेर अनर्गल प्रचार गर्ने कार्य भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा वैशाख २८ गते आँवुखैरेनी गाउँपालिका-१ र बन्दिपुर गाउँपालिका-५ को सिमानामा नेपाली कांग्रेसका कार्यकर्ता माथि भएको आक्रमण, वैशाख ३० गते मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्र स्थल नजिकै कांग्रेस कार्यर्ता माथि भएको आक्रमणको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

कांग्रेस तनहुँका सभापति आलेद्वारा जारी विज्ञप्ति

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker