आँवुखैरेनीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा “स्कूल बस” सञ्चालन गर्ने

भञ्ज्याङ न्यूज

तनहुँको आबुखैरेनी गाउँपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पनि स्कूल बसको व्यवस्था गर्ने तयारी गरेको छ । विद्यालय टाढा भएका कारण पढ्न जानआउन समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाले स्कूल बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

कुन कुन विद्यालयमा बस संचालन गर्ने भन्ने बिषयमा आवश्यक छलफल र तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । आगामी शैक्षिक सत्र २०८० सालदेखि गाउँपालिकाका जनप्रतिनिधीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको गाउँपालिकाले स्कूल बसको अवधारणा अगाडि ल्याएको हो ।

स्कूल बस खरिदका लागि गाउँपालिका कार्यालयले पैसठ्ठी लाख रुपैयाँ बजेट बिनियोजन गरी सकेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । उनले भने, ‘बस खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ।’

गाउँपालिकाले तीनदेखि पाँच वटासम्म बस खरिद गर्ने योजना बनाएपनि यसबर्षबढिमा तीन वटा बस खरिद गर्ने योजना बनाएको छ। सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय आउँजाउ गर्न सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाको शतप्रतिशत अनुदानमा स्कूल बस खरीद गरी हस्तान्तरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए । उनले भने, ‘स्कूल बस सञ्चालनमा ल्याएसंगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षा बढ्ने बिश्वास गरेका छौं ।’

यस्तै, गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको छ । १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएपछि गोरखा, चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन्। अस्पतालमा एक जना एमडिजिपी, दुइ जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिदै आएका छन् । गाउँपालिकाले भरतपुर आँखा अस्पतालसंग सम्झौता गरी चैत्रदेखि आँखा उपचार सेवा प्रवाह गर्ने तयारी गरेको अध्यक्ष चुमानले बताए ।

उक्त सेवाका लागि भरतपुर आँखा अस्पतालले दुइ जना र एक जना गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह गर्न लागेको उनले बताए । गाउँपालिका कार्यालयले बार्षिक ६ लाख रुपैयाँ दिने र टिकट दस्तुरबाट संकलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने सहमति भएको छ । गाउँपालिका आसपास क्षेत्रमा आँखा उपचारका लागि दुइ वटा कोठा उपलव्ध गराउनुपर्ने सहमति गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker