सुप्रिमले प्रहरीलाई दियो विपद् व्यवस्थापन सामग्री

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरेको छ। सहकारीको मंगलबार आयोजित साधारणसभाको अवसरमा प्रहरी चौकी थर्पुलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरिएको हो ।

प्रहरीलाई आगो निभाउने यन्त्र तीन सिलिण्डर, लाईफ ज्याकेट दुइ थान, हेलमेट पाँच थान, बेल्चा पाँच थान, गैची तीन थान, डोरी ३० मिटर र स्टेचर एक थान गरी करिब ३३ हजार बराबरको सामग्री सहयोग गरिएको छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष हरिबहादुर थापाले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहकारीले सामाजिक उत्तरदायित्व वहन अर्न्तर्गत प्रहरीलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरेको जनाएको छ ।

शान्ति सुरक्षामा सधैं सक्रिय भूमिका खेल्ने प्रहरीलाई विपद् तथा जोखिममा सहजीकरण होस् भन्ने हेतुले विपत व्यवस्थापनका सामग्री वितरण गरिनुले सहकारी जनताप्रति उत्तरदायी भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाको आर्थिक विकासमा सहकारीले भूमिका खेलेको चर्चा गर्दै श्रेष्ठले जनतालाई आर्थिक उपार्जनमा पनि सहकारीले सहयोग गर्दै आएको बताए। सहकारीले अब कृषिमा लगानी गरि आत्मनिर्भर म्याग्देवासी बनाउन भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

गाउँपालिकाले कृषि र उत्पादनलाई जोड दिई बजेट निर्माणमा अग्रसर भएकाले कृषि र उत्पादनलाई जोड्न नसकिए समृद्ध पालिका बनाउन नसकिने श्रेष्ठले बताए । विसं २०६५ सालमा स्थापना भएको सहकारीले पेन्सन सेवा, रेमिट्यान्स, खानेपानी बील भुक्तानी, विद्युत महशुल भुक्तानी लगायतका सेवा प्रदान गर्दै आइरहेको सहकारीका अध्यक्ष थापाले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker