तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकट कोषमा ५ लाख बढि संकलन (नामावलीसहित)
भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघले कोभिड-१९ संकटसँग जुध्न स्थापित गरेको कोषमा रकम जम्मा गर्ने सहयोगिहरु संख्या बढ्दै गएको छ । संघले कोष खडा गरी सहयोग गर्न अपिल गरेको छोटो समयमै पाँच लाख रुपैयाँ बढि रकम संकलन हुन पुगेको छ ।
संघले संकटका बेला खटिएका अत्यावश्यक सेवाका जनशक्ति तथा आइसोलेशन लगायतका क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीका लागि भन्दै आफ्नो तीन लाख पाँच हजार रुपैयाँको कोष स्थापना गरेको थियो ।
पहिलो दिनदेखिनै दाताहरुले सहयोग गर्न थालेको र दोश्रो दिनसम्म संकलित सहयोग रकमले उत्साही बनाएको संघका अध्यक्ष अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए । उनले दमौलीसँगै देश विदेशमा रहेका तनहुँबासीबाट सहयोगको प्रतिवद्धता आएको बताए ।
यस्तै, संघको उक्त कोषमा दमौली बजार इकाईले कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको इकाइका सभापति भूपाल आलेले बताए ।कोष संकलित रकमबाट महाविपत्तिका घडीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, स्थानीय जनप्रतिनिधिहरु, निजामती कर्मचारीहरु, स्वयंसेवि लगायतलाई सहयोग गरिने संघका अध्यक्ष श्रेष्ठले बताएका छन् ।
संघले रकम सामुहिक आइशोलेसन कक्ष निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरु व्यवस्थाका लागि भन्दै यसमा सघाउन उद्योगी व्यवसायी तथा देश र विदेशमा रहेका शुभेच्छुकलाई सहकार्य गर्न अनुरोध गरेको छ ।
कस्ले कति दिए ?
संघले खडा गरेको कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८ को कोषमा तनहुँ उद्योग बाणिज्य संघ ३ लाख ५ हजार, व्यास-३ का बानेश्वर मल्लले १० हजार १०१, व्यास-३ का सुमन भट्टर्राईले १० हजार ५००, व्यास-२ का बिरु बस्यालले ५ हजार ५५५, व्यास-२ का दिनेश कुमार श्रेष्ठल १० हजार ७२६ रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै, व्यास-२ का श्याम मौरातील ३ हजार ५, अमेरिकाबाट उत्तम भट्टराइले ११ हजार १११, अष्टेलियाबाट दिनेश जोशीले ५ हजार ५५५, जापनबाट राजु कुमालल १० हजार ५००, व्यास-२ का रजिम मियाल ५ हजार ५५५, हरि बहादुर हड्खलेले १७ हजार रुपैयाँ, व्यास-३ का दधिराज घिमिरेले ५ हजार ५५५, लायन्स कल्ब अफ तनहुँ ब्याससिटिले २५ हजार ५५५, इनर व्हिल कल्ब अफ दमौलीले १० हजार १५५ रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।
कोषमा व्यास-३ का महेश बतासले १५ हजार ५५५, अमेरिकाबाट अनिता श्रेष्ठले ११ हजार ७००, डुम्रे बजारका नेक महमद मियाले ११ हजार, व्यास-२ का विष्णु कुमार कायस्थाले ५ हजार ५०५, व्यास-२ ग्रिनसिटीका नवीन बतासले ५ हजार ५१६, अधिबक्त्ता डा. अबतार न्यौपानेले ५ हजार ५, व्यास-२ का गुरु कुमार बतास/फुलमाया बतासले ११ हजार १११, व्यास-२ का इम कुमार/निर्मला मल्लले ११ हजार १५१ रुपैयाँ सहयोग गरेको संघले जनाएको छ ।










