आँबुखैरेनीमा पोलिक्लिनिक संचालन

भञ्ज्याङ समाचारदाता/आँबुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी बजारमा एलिशा हेल्थ केयर पोलिक्लिनिक प्रा. लि. संचालनमा आएको छ । २४ सैं घण्टा अनुभवि जनरल फिजिशियन डाक्टरको व्यवस्था सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बुधबारदेखि पोलिक्लिनिक संचालनमा आएको हो ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले रिबन तथा केक काटेर पोलिक्लिनिकको शुभारम्भ गरेका छन् । आँबुखैरेनीमा स्वास्थ्य संस्थाहरुको खुल्ने क्रम बढेसँगै स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा अझ सहज रुपमा पाउन सक्ने वातावरण बनेको उनले बताए।

चुमानले भने, ‘स्वास्थ्य सेवा सिधै नागरिकसँग जोडिने भएकोले यस पोलिक्लिनिकले आफ्नो व्यवसायीक प्रगती मात्र नभई सेवाग्राहीहरुलाई सेवा दिनका लागि कहिल्यै पछि नपरोस् । यस पोलिक्लिनिकमा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीहरुले पनि बजार क्षेत्रका सेवाग्राही सरह सेवा पाउने आशा गरेका छौं ।’

यस्तै कार्यक्रमका सभापति एवं पोलिक्लिनिकका संचालक लक्ष्मी थापा क्षेत्रीले आँबुखैरेनीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि २४ सैं घण्टा जनरल फिजिशियन डाक्टरको व्यवस्था रहने गरी पोलिक्लिनिक संचालनमा ल्याएको बताए ।

‘सेवाग्राहीका लागि हाम्रो पोलिक्लिनिक २४औं घण्टा खुल्ला रहने छ र अनुभवि डाक्टरहरुद्वारा सेवा प्रदान गर्नेछौं’, उनले भने, ‘हामीले अबको केहि दिनमा साप्ताहिक रुपमा विशेषज्ञ डाक्टरको सेवा समेत सुरु गर्नेछौं र बृहत रुपमा स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्नेछौं।’ पोलिक्लिनिकमा अत्याधुनिक ल्याव सहितको इमर्जेन्सी सेवा समेत रहेको र स्थानीय नागरिकहरुको माग अनुसार थप सेवाहरु वृद्वि गर्दै लैजाने उनले बताए ।

पोलिक्लिनिकमा २४ सैं घण्टा जनरल फिजिशियन डाक्टर ढाकाराम लामिछाने सहितको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइनेछ भने ओपिडी, इमर्जेन्सी, ल्याव, फार्मेसी लगायतका सेवाहरु उपलब्ध हुनेछ । पोलिक्लिनिकले शुभारम्भ अवसरमा सेवाग्राहीहरुलाई ओपीडि सेवा निःशुल्कका साथै फार्मेसीमा १०% र अन्य कुनैपनि सेवामा ५०% सम्म छुट दिइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker