कोभिड कोषमा अष्ट्रेलियाबासी तनहुँगेको आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएकाहरुले तनहुँ उद्योग वाणिज्य संघद्वारा स्थापना गरेको कोभिड संकट व्यवस्थापन महाअभियानमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनिहरुले उक्त कोषमा दुइ लाख पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

संघमा आयोजित कार्यक्रममा अष्ट्रेलियामा रहेका तनहुँगेको तर्फबाट नगर प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितिमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अष्ट्रेलियावासीको अभिभावकका रुपमा नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति रामनाथ भट्टराइ, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठ तथा संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारीले चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले सहयोगप्रति आभार व्यक्त गर्दै कोरोना विरुद्धको लडाइमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग र हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायीहरूलाई निःशुल्क खोप र स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय सञ्चालन गर्नका लागि उचित वातावरण मिलाइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker