चुँदीरम्घास्थित भानु जन्मस्थलमा पूर्वाधार निर्माण

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा, ढुङ्गा छाप्ने, बाटो फराकिलो गर्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि उजाडजस्तै रहेको कार्यालय भवनमा अहिले रङरोगनको काम पनि गरिएको छ । “भानु जन्मस्थल विकास समितिलाई सरकारबाट न्यून मात्रामा बजेट आउँदा समस्या हुने गरेको छ, अहिले यो वर्ष प्राप्त बजेटबाट कार्यालय परिसरभित्र केही काम गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालय परिसरलाई आकर्षक बनाउन ढुङ्गा छाप्न लागिएको हो । त्यस्तै कार्यालयको सुरक्षाका लागि ‘कम्पाउण्ड’ निर्माणको काम पनि भइरहेको छ । केही वर्ष पहिला मन्त्रालयले भानु जन्मस्थल विकास समितिलाई नगरपालिका मातहत राख्ने निर्णय गरेको थियो । नगरपालिका मातहत राखिँदा विकास समितिले सोचेअनुरुपको काम गर्न नसकेपछि पुनः सङ्घीय सरकार मातहत नै समितिलाई राखिएको छ ।

“त्यही बेला नगरपालिकामा बजेट प्राप्त भएको रहेछ, सोही बजेटबाट अहिले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “असारभित्रै काम सम्पन्न गर्छौं ।” कार्यालयसम्म आवतजावत गर्ने बाटो साँघुरो भएकाले बाटो फराकिलो गर्ने काम पनि भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker