तनहुँका फोटोग्राफरलाई फोटो पत्रकारिता सम्बन्धी कार्यशाला

भञ्ज्याङ न्यूज

फोटोग्राफर एशोसिएशन तनहुँले दुइ दिने फोटो पत्रकारिता सम्बन्धी कार्याशाला सम्पन्न गरेको छ । फोटोग्राफर संघ गण्डकीको समन्वयमा एशोसिएशनले व्यास-११ को ऐतिहासिक स्थल तनहुँसुरमा उक्त कार्यशाला गरेको हो ।

फोटोग्राफर एशोसिएशन तनहुँका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले कार्याशालाको उद्घाटन गर्दै फोटोका माध्यमबाट ओझेलमा परेका स्थलहरुलाई सहजै पहिचान दिन सकिने र सूचनाहरु पनि सहज रुपमा सम्प्रेशण हुने हुँदा फोटोग्राफर पेशामा आवद्ध व्यवसायहीलाई फोटो पत्रकारिता सम्बन्धी कार्याशाला उपलब्धी मुलक हुने विश्वास व्यक्त गरेका थिए ।

फोटोग्राफर एशोसिएशन तनहुँका सभापति लोक बहादुर कुमारको अध्यक्षतामा आयोजित कार्याशाला उद्घाटन समारोहमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, न्याचर एण्ड वाइलड लाइफ फोटोग्राफर टाँसी आर घले लगायतले फोटोग्राफर र फोटोपत्रकारिताका सम्बन्धमा आ-आफ्ना विचार व्यक्त गरेको तनहुँका सचिव अश्विन किसोर श्रेष्ठले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker