नुहाउने क्रममा नदीले बगाउँदा शुक्लागण्डकीका एक पुरुषको मृत्यु

नुहाउने क्रममा नदीले बगाउँदा एक पुरुषको मृत्युको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीस्थित सेती नदीले बगाउँदा स्थानीय ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको छ ।
नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।