तनहुँको व्यास-५ का वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे सरकारी मोटरसाइकल
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । श्रेष्ठले व्यास नगरपालिकालाई सोमबार ग१ब ८१६ नम्बरको मोटरसाइकल फिर्ता गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई चाँबी बुझाउँदै श्रेष्ठले निजी मोटरसाइकल प्रयोग गर्ने भन्दै सरकारी मोटरसाइकल फिर्ता गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुविधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए ।










