तनहुँको देवघाटमा एक घर एक धारा अभियानपछि तरकारी खेती

भञ्ज्याङ समाचारदाता/दमौली

खानेपानी समस्या रहेको देवघाट गाउँपालिका-२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’

गण्डकी प्रदेश सरकारको रु. एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ । सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले बताए ।

गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी छन् । उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’ उक्त आयोजनाबाट त्यसक्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भैरहेको वडाध्यक्ष आलेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker