डेंगु संक्रमण रोकथाम सम्बन्धी सचेतना

तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसका शिक्षक तथा विद्यार्थीहरु विहीबार डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र भिमाद नगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतना कर्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको नेतृत्मा आयोजित कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख डा. प्रशान्त मिश्रले डेङ्गी रोग र यसबारे कसरी बच्ने भन्ने विषयमा सहभागिहरुलाई सहजिकरण गरेका थिए ।

भिमाद नगरपालिकाका नगर प्रमुख दाधिराज सुवेदी र क्याम्पस प्रमुख केशव राज काफ्लेले डेंगु रोग र यसबाट बच्न सजगता अपनाउन अत्यन्तै जरुरी रहेको र यस विषयमा सबै सचेत बन्न सुझाएका थिए ।

सोही अवसरमा सहभागिहरुले डेंगु संक्रमण गर्ने लामखुट्टे फैलन सक्ने सम्भावित स्थानमा सरसफाई तथा स्थानीयलाई सरसफाई गर्न, लामखुट्टेको टोकाईबाट बच्न शरीर ढाक्ने गरी कपडा लगाउन, झुल टाँगेर सुत्न लगायतका सचेत गराएका थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker