कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ ।

भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । जेठ ५ गते एकैदिन २ सय ४६ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए । ९ वर्ष तलका ४५ जनाले ज्यान गुमाएका छन् ।

तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सरकारको अनुमान छ । जसको तयारीका लागि सरकारले १८० भेन्टिलेटरसहितको २७५ आइसीयू बेड थप्ने प्रक्रिया थालनी गरेको छ ।

सरकारले आगामी ५ महीनामा थप २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । साथै, असोज १५ गतेको छेकोमा तेस्रो लहर आउन सक्ने अनुमान पनि सरकारको छ । दोस्रो लहर समेत २० प्रतिशतभन्दा तल घट्न सकेको छैन ।

सार्क मुलुकमा नेपालको मृत्युदर भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker