एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वीराजमार्गमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ६:२० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय कुशल परियार, सोही स्थानकी ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अञ्जना बुढा मगर, ३ वर्षीय युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्ती र रोल्पाको थवाङ गाउँपालिका–२ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगर घाइते भएका छन्।

घाइतेमध्ये चालक परियार र जुनराखी बुढा मगरको जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटामा उपचार भइरहेको छ। अञ्जना बुढा मगरको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अञ्जनासहित युवान बुढा मगर, चिजमाया घर्ती र धनप्रसाद बुढा मगरको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मिनी ट्रकका चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट पनि घाइते भएका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker