रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्न हाले आवेदन

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् ।

कांग्रेस तनहुँले संघ र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आजदेखि नाम दर्ता खुल्ला गरेको छ ।

पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भट्टराइले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले नाम दर्ता गराएकी छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश -क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ -गोरा मियाँ) र सरिता गुरुङले नाम दर्ता गराएका छन् ।

समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलको नाम दर्ता भएको छ ।

जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नम्बर १ प्रदेश -ख) का लागि तथा समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ र पवित्रा गौलीले आवेदन दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker