महिलाको सम्मानकालागि एमालेलाई मत दिऔं : सांसद सिग्देल

भञ्ज्याङ न्यूज

बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर समितिले शुक्लागण्डकीमा मंगलवार मोटरर्साईकल र्‍याली निकालेको छ । र्‍यालीले दुलेगौंडा, बेलचौतारा, खैरेनीटार, सेरा, शान्तिनगर पुनः दुलेगौंडा हुदै ढोरफिर्दीका विभिन्न क्षेत्र परिक्रमा गरेको युवा संघ नगर अध्यक्ष अध्यक्ष भगवान पुनले जानकारी दिए ।

र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य केदार सिग्देलले देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै विजयीको नजिक पुगिसकेको उल्लेख गरे । उनले मौनअवधिदेखि मतगणना सम्पन्न नहुदासम्म युवाहरु हरेक गतिविधिमा चनाखो रहन आग्रह गरे । नेता सिग्देलले गठबन्धनले आधा भन्दा बढि जनसंख्या भएको महिलालाई उपेक्षा गरेको उल्लेख गरे । अपवित्र गठबन्धनले लोकतन्त्र र महिलाको अपमान गरेको उनको भनाई छ ।

‘विभिन्न पालिकामा हेरौं । गठबन्धनका कारण महिलाबीच प्रतिष्पर्धा हुन सकेको छैन’, उनले भने, ‘शुक्लागण्डकीमा पनि महिलालाई सम्मानकालागि सुर्य चिन्हमा मतदान गर्न जरुरी छ ।’

शुक्लागण्डकीमा प्रमुख पदमा मुक्तिनाथ तिम्सिना र उपप्रमुख पदमा फुलमाया वाग्ले उम्मेदवार छिन् । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रामचन्द्र उपाध्यायले आचारसंहिता पालना गरि निर्वाचन सम्पन्नताकालागि सहयोग गर्न युवाहरुलाई आग्रह गरे ।

यसैबीच एमालेबाट मेयरका उम्मेदवार तिम्सिना र उपमेयरका उम्मेदवार वाग्लेले बैशाख १८ गतेबाट शुरु गरेको घरदैलो अभियान सबै वडामा पुगेर सम्पन्न भएको छ । वडा नं. ९ स्थित ढोरबाराही मन्दिरमा दर्शन र प्रतिवद्धतासँगै शुरु भएको अभियान मंगलवार मिलडाडाँ, बेलचौतारा, दुलेगौंडा, गाछेपानीमा पुगेर सकिएको हो ।

उम्मेदवार तिम्सिनाले १२ वटै वडामा पुग्दा त्यस क्षेत्रको विकासको अवस्था र जनताको अपेक्षासँगै सुझाव संकलन गर्ने अवसर मिलेको बताए । ‘हरेक ठाउँमा एमालेको सुर्य चिन्ह लिएर पुग्दा मतदातामा उत्साह छाएको पाएको छु’, उनले भने, ‘हाम्रो समुहलाई भारी मतले विजयी गराउनुहुने छ ।’

उपप्रमुखकी उम्मेदवार वाग्लेले संविधानले दिएको अधिकारलाई मतदाताले मुल्यांकन गर्ने विश्वास गरिन् । कार्यक्रममा युवा नेताहरु कोमल बहादुर बाँनीया, मनोज बानीया लगायतले बोलेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker